• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सडक सञ्जालले जोडिँदै हिमाली गाउँबस्ती

धनगढी,११ असार ।बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अति दुर्गम गाउँबस्ती पछिल्लो समय सडक सञ्जालले जोडिँदै गएका छन् ।

स्थानीयलाई पालिका आउजाउ गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने गरेर पालिकाले सडक निर्माण कार्यलाई पहिलो प्राथमिकता दिएसँगै पछिल्लो समय यहाँका अति दुर्गम गाउँबस्ती सडक सञ्जालले जोडिँदै गएका छन् । जिल्लाको सबैभन्दा विकट पालिका भनेकै हिमाली हो । यो पालिकाका वडा झनै दुर्गममा अवस्थित छन् ।

यहाँका स्थानीयलाई पालिका आउनसमेत दुई/तीन दिन लाग्थ्यो । अहिले यहाँका अधिकांश गाउँबस्ती सडक सञ्जालले जोडिएसँगै दुई÷चार घण्टामै पालिकादेखि घरमा पुग्ने गरेको हिमाली गाउँपालिका–६ का स्थानीय नरजित रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सडक गाउँमै पुगेपछि हामीलाई घरबाट पालिका आउजाउ गर्न निकै सहज भएको छ । यसरी सडक पुगेपछि सवारीसाधन चल्न थालेपछि अहिले यहाँका बासिन्दाको जीवनशैली समेत बदलिँदै गएको छ ।”

पहिला गाउँमा उत्पादन भएका तरकारी कतै बिक्री हुँदैनथे । अहिले ती वस्तु खरिद गर्न व्यापारीसमेत घरमै पुग्ने गरेका छन् । गाउँमा उत्पादित फलफूल तथा तरकारी वस्तुसमेत अहिले बजारमा लिनसमेत निकै सहज भएपछि यहाँका स्थानीयको आयआर्जनमा समेत टेवा पुगेको रावलले बताउनुभयो ।

हिमाली गाउँपालिका सदरमुकाम मार्तडीदेखि झन्डै ६५ किलोमिटरको दुरीमा पर्छ । यहाँका वडापालिका योभन्दा अझै ३५ देखि ५० किलोमिटर टाढा छन् । पहिला यहाँका स्थानीयलाई वडापालिका आउनसमेत चार/पाँच घण्टा र पालिकामा आउजाउ गर्न दुई दिन लाथ्यो ।

अहिले गाउँपालिकाले यहाँका सबै पालिका सडक सञ्जालले जोडिएसँगै यहाँका स्थानीयलाई वडा तथा पालिकामा आउन गाडीमा दुई चार घण्टाको समय लाग्ने गरेको छ । हिमाली गाउँपालिकाले यहाँका दुई/तीन वडाबाहेक अन्य सबै वडालाई सडक सञ्जालको पहुँचमा राख्दै आएको छ ।

 

बुधबार, असार ११, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.