मुक्तक -१
आजकाल सम्बन्धको बिचमा नोट छ
यो दिलमा त्यसले बनाएको चोट छ।
अरु त सब बहानाबाजि मात्र हुन
तिमिले गर्ने शंकामा पनि त खोट छ।।
मुक्तक – २
मेरो सारा सपना मनभित्रै मार्न सक्छु।
तिम्रो खुशीको निम्ति बारम्बार हार्न सक्छु।
दिन सक्छु तिमीलाई केवल साँचो माया,
भन्दिनँ आकासको जूनतारा झार्न सक्छु।
✍️प्रकाश लावड प्रर्म ⚔️🪖 साहित्य प्रेमी
(जन्म घर बैतडी, हाल काठमाडौं )