• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपालको शिक्षा प्रणाली: खोक्रो प्रमाणपत्र, अधुरो सम्भावना

 खोक्रो प्रमाणपत्र, अधुरो सम्भावना

“आज हामीले तेस्तै प्रकारको शिक्षा दिनुपर्दछ, जस्तो प्रकारको दक्ष जनशक्ति हामीलाई भोलि आवश्यक पर्छ।”तर, के हाम्रो शिक्षा प्रणाली त्यस्तो बनिरहेको छ?

नेपालको वर्तमान शिक्षा प्रणाली आलोचनाको केन्द्रमा छ। शिक्षा प्राप्त गरेर स्वदेशमै योगदान दिने सपना बोकेका युवाहरू त्रिभुवन विश्वविद्यालयतिर होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लागिरहेका छन्। किन? किनभने यहाँको शिक्षा प्रणाली व्यवहारिकभन्दा बढी किताबी बनिसकेको छ।

विगतका पाठ्यपुस्तक र अध्यापन प्रणालीमा अल्झिएको हाम्रो विश्वविद्यालय शिक्षा समयसापेक्ष हुन सकेको छैन। सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र जस्ता विषयहरू अझै पनि सैद्धान्तिक रुपमा मात्रै पढाइन्छ।

व्यवसायिक पाठ्यक्रमहरूमा प्रोजेक्ट वर्क, इन्टरनसिप, वा उद्योग भ्रमणजस्ता अभ्यासिक पक्षहरू प्राय: अनुपस्थित छन्।

उदाहरणका लागि, BBS अध्ययनरत सुरेश भन्छन्:

“हामीले डिजिटल मार्केटिङ, ब्राण्ड बनाउने सीप, वा मार्केट रिसर्च जस्ता व्यवहारिक ज्ञान पाउँदैनौं। परीक्षा पास गर्नु मात्र उद्देश्य हुन्छ।”

शिक्षकहरू प्राय: एकतर्फी लेक्चरमा केन्द्रित हुन्छन्। विद्यार्थीहरूको सक्रिय सहभागिता, समूह छलफल, केस स्टडी, वा व्यवहारिक अभ्यासको व्यवस्था छैन। विद्यार्थीहरू आफैँ प्रश्न गर्न, सोच्न वा प्रयोगात्मक अनुभव लिन डराउँछन्। शिक्षा केवल ‘पास’ हुने औजार बनेको छ, न कि भविष्य निर्माण गर्ने उपकरण।

शिक्षाशास्त्र अध्ययनरत सिताले विद्यालयमा पढाउन जाँदा भोगेको अनुभव नै पर्याप्त छ: “हामीले कसरी पढाउने भनेर सैद्धान्तिक कुरा मात्रै पढ्यौँ, व्यवहारमा कक्षा व्यवस्थापन, छात्रसँगको संवाद जस्ता कुरामा बिल्कुलै अनभिज्ञ थियौँ।”

प्रश्न उठ्छ – दोषी को हो?

पाठ्यक्रम निर्माताहरू? जो समय अनुसार पाठ्यक्रम अद्यावधिक गर्न चुकिरहेका छन्। शिक्षकहरू? जो नयाँ पद्धतिहरू अंगाल्न हिच्किचाउँछन्। सरकार? जसको नीति शिक्षा र रोजगारबीचको सम्बन्ध जोड्न असफल भएको छ। विद्यार्थी स्वयं? जो ज्ञान आर्जनभन्दा मात्र ‘डिग्री’ प्राप्तिमा केन्द्रित छन्।

नेपालको शिक्षा प्रणालीमा व्यापक पुनरावलोकन आवश्यक छ । पाठ्यक्रममा व्यवहारिक पक्षहरू, परियोजना कार्यहरू, र नयाँ प्रविधिको समावेश हुनुपर्छ। शिक्षण शैली विद्यार्थी–केन्द्रित, सहभागी र प्रयोगात्मक हुनुपर्छ। विश्वविद्यालय र उद्योगबीच सहकार्य बढाउनुपर्छ ताकि विद्यार्थीले अध्ययनकै क्रममा सीप र अनुभव प्राप्त गर्न सकून्।

शिक्षा केवल डिग्री होइन, जीवन बाँच्ने सीप हो। यदि शिक्षा प्रणालीले युवालाई आत्मनिर्भर र दक्ष बनाउने हैसियत राख्दैन भने, त्यो प्रणाली केवल कागजमा सीमित सफलताको भ्रम मात्र हो।

 

 

 

 

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.