• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अत्तरिको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा योग ध्यान कार्यक्रम सुरु

कैलाली, १ जेष्ठ /  कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा योग ध्यान कार्यक्रम सुरु गरिएको छ। २०८२ साल जेठ १ गतेबाट औपचारिक रुपमा सुरु भएको उक्त कार्यक्रम विद्यालय सभाहलमा सञ्चालन गरिएको हो।

विद्यालयको आयोजनामा सुरु गरिएको ध्यान कार्यक्रम प्रत्येक बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ। शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रममा शिक्षक, विद्यार्थी तथा विद्यालयका कर्मचारीहरूको सहभागिता रहनेछ।

कार्यक्रमको प्रमुख अतिथि पतञ्जली योग समितिका कैलाली जिल्ला अध्यक्ष तथा योगगुरु सुवास बम रहेका थिए। विशिष्ट अतिथिका रुपमा समितिका अत्तरिया अध्यक्ष दुर्गा प्रसाईंको उपस्थिति रहेको थियो। विद्यालयकी शिक्षिका सरस्वती पनेरुलाई सहजकर्ताको जिम्मेवारी दिइएको छ।

विद्यालयका अध्यक्ष गणेश शाहका अनुसार विद्यालयमा अध्ययन/अध्यापनको निरन्तरता, शैक्षिक दबाव, थकान तथा विद्यार्थी र शिक्षकहरूमा देखिने मानसिक अस्थिरतालाई ध्यानमा राख्दै नियमित योग तथा ध्यान कार्यक्रमको थालनी गरिएको हो।

उनले बताएअनुसार यस्तो खालको अभ्यासले एकाग्रता बढाउनुका साथै सकारात्मक सोच विकास गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। विद्यालय परिवारलाई तनावमुक्त वातावरण प्रदान गर्नका लागि यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यस कार्यक्रमले दीर्घकालीन रूपमा विद्यालयमा समग्र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने विद्यालय पक्षको विश्वास छ।

बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.