गजल १
कारण मलाई थाहा छ, आँट घटेको छ,
भनेर अर्थ छैन छाँट घटेको छ।
सुन्यताले झाङ्गिएकाे जिन्दगीका बाेटहरु,
खुसि र आनन्द फल्ने फाँट घटेकाे छ ।
हर साँझ माैसमा व्यापक परिवर्तन छ,
विहानी चिया गफकाे साटगाँठ घटेकाे छ ।
मन्दिरले मनाेकामना पूरा गर्न छाेडेपछि,
भक्तहरुले गर्ने पूजापाठ घटेकाे छ ।।
गजल २
गजल लेख्न के उदास हुनुपर्छ कि निराश हुनुपर्छ,
सद्भाव यदि छ भने टाढा होइन आसपास हुनुपर्छ।।
महसुस गरेर मात्र कहाँ हुन्छ र म जिउँदो छु भनेर,
साँच्चै जीवित हुन त चलेको श्वास हुनुपर्छ।।
पिठुमा धाप हान्दै भन्छौ भन्न त म तिम्रै हुँ,
तर म भन्छु आफ्नो हुन त आभास हुनुपर्छ। ।
दुनिया नक्कली छ जालझेलीको मतलब छैन,
जालीझेली होइन अविनाशीलाई खास हुनुपर्छ।।
✍️ कृतबहादुर बिष्ट धनगढी १४