धनगढी, २८ वैशाख / बैतडीकी युवा नेतृत्व, सक्रिय विद्यार्थी नेतृ सरिता भट्ट नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद् अन्तरगतको राष्ट्रिय युवा सञ्जालको कोषाध्यक्षमा निर्वाचित भएकी छन्। भट्ट हाल कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत छिन् र सोही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सर्वाधिक मत ल्याउँदै सदस्यमा निर्वाचित भएकी थिइन्।
देशभरका युवाको प्रतिनिधित्व हुने गरी पुनर्गठित कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी पाएकी सरिता भट्ट सामाजिक न्याय, लैंगिक समानता र युवाको आर्थिक सशक्तिकरणका सवालमा लामो समयदेखि सक्रिय छिन्।
उनको निर्वाचनसँगै सुदूरपश्चिमको महिला नेतृत्वले राष्ट्रिय तहमा थप सशक्त बनाउने प्रतिबद्धतागरेकी छन्।