धनगढी, २८ वैशाख / युवाको क्षेत्रमामा सक्रिय सुदूरपश्चिमका युवा विशाल भट्ट नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद् मातहतको राष्ट्रिय युवा सञ्जालको उपाध्यक्षमा निर्वाचित भएका छन्। देशभरका युवाको प्रतिनिधित्व गर्ने यो सञ्जालको कार्यसमिति आज पुनर्गठन हुँदा भट्टले सशक्त उपस्थिति जनाउँदै उपाध्यक्ष पदमा स्थान सुरक्षित गरेका हुन्।
बैतडीका स्थायी बासिन्दा भट्ट लामो समयदेखि सामाजिक अभियान्ता, युवा नेतृत्व विकास र ग्रामीण क्षेत्रमा शिक्षा तथा सचेतनाका अभियानमा सक्रिय रहँदै आएका छन्। २०७८ सालमा सुदूरपश्चिम युवा परिषद् मा समेत उपाध्यक्ष पदमा निर्वाचित भएका भट्ट अब केन्उद्रीय उपाध्यक्षम निर्वाचित भएसँगै सुदूरपश्चिमका युवाहरूको आवाज अब राष्ट्रिय तहमा झन प्रभावकारी ढंगले उठ्ने अपेक्षा गरिएको छ।
विशाल भट्टले आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै देशभरका युवाको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन्।
विगतमा समेत भट्ट सूर्नया बाल सन्जालको अध्यक्ष भएदेखि नै बालबालिका, महिला र युवाका क्षेत्रमा काम गर्दै आएका छन्।
राष्ट्रिय युवा सञ्जालको नवगठित कार्यसमितिमा अध्यक्षमा आयुष श्रेष्ठ चयन भएका छन् भने भट्टसहित अन्य उपाध्यक्षहरूमा शंकर भुषाल, सुरज खड्का र अनिता पुन छन्।
महासचिवमा हिमाल बिष्ट, प्रमुख सचिवमा विमल आचार्य, सचिवमा आरती शाह, सह -सचिवमा समिक्षा दाहालमा खिम प्रकाश डिसी, र कोषाध्यक्षमा वैतडीबाटै युवा नेतृत्व सरिता भट्ट समेत निर्वाचित भएकी छन्।
यस्तै १४ जना सदस्य समेत निर्वाचित भएका छन्।