धनगढी,२५ वैशाख / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश समितिले नववर्ष २०८२ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ।’मेरो डिजिटल देश’ कार्यालय,धनगढीउपहानगरपालीका ३ विशालनगरमा एक विशेष कार्यक्रमका बीच भित्तेपात्रो लोकार्पण गरिएको हो।
लोकगीत संगीतको अधराज्यको सबैभन्दा ठूलो छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशले भितेपात्रो लोकार्पण गरेको प्रदेश प्रवक्ता प्रेमदिवस चन्दले जानकारी दिए।सुदूरपश्चिम प्रदेश समिती अध्यक्ष पूर्णप्रसाद भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा सुदूरपश्चिमका प्रदेशसभा सदस्य माननीय विक्रम सिंह धामी र विशिष्ट अतिथि प्रतिष्ठानका प्रदेश सल्लाहकार संयोजक सुरत राउत ’डोटेली कान्छा’ रहेका थिए।
कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख अतिथीले लोकगीत संगीत र लोकजनजीवनको बारेमा दोहोरी प्रतिष्ठानले गरेको कर्मप्रति अत्यन्तै आभार ब्यक्त गरेका थिए।साथै संस्कृति संरक्षणमा प्रतिष्ठानले पुर्याएको योगदानको प्रशंसा गर्दै यसले सुदूरपश्चिमको सांस्कृतिक पहिचान उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।
अध्यक्ष पूर्णप्रसाद भाटले दोहोरी गीत प्रतिष्ठान देशभरका लोककलाकारहरूको साझा संस्था रहेको उल्लेख गर्दै सुदूरपश्चिमका नौवटै जिल्लामा संगठन विस्तार भइसकेको जानकारी दिएका छन्।उनले कलाकारको हकहितमा संस्था सधैं कटिबद्ध रहने पनि प्रतिवद्धता व्यक्त समेत गरेका छन्।
कार्यक्रम प्रदेश प्रवक्ता प्रेम विवस चन्दको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा बिभिन्न ब्यक्क्तीत्वहरुको उपस्थीती रहेको थियो