धनगढी , २४ वैशाख / बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा–४ बन्सल्लाका महेश बहादुर चन्द ब्लड क्यान्सर रोगबाट ग्रस्त भई हाल बिगत २ महिना देखि काठमान्डौमा उपचार गराई जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेका छन्। आर्थिक अभावका कारण उनी आवश्यक उपचार पाउनबाट बञ्चित हुँदै आएका छन्।भने किमो चडाए पनि ठिक हुन् नसके पछि बोर्न म्यारो प्रत्यारोपण गर्नका लागि डाक्टरले भारत लगेर थप उपचार गर्न सल्लाह दिएका छन्।
परिवारको आर्थिक अवस्था कमजोर रहेकाले चन्दको उपचारमा गम्भीर कठिनाइ उत्पन्न भएको छ। यसै सन्दर्भमा पीडित परिवारले सम्पूर्ण सहयोगी मनहरु, समाजसेवी, संघसंस्था तथा आम नागरिकहरूलाई आर्थिक सहयोगको हार्दिक अपील गरेका छन्।
उनको सहयोगका लागि सिद्धार्थ बैंकको खाता नम्बर ०३१०००००२३९ मा आर्थिक रकम सहयोग गरिदिन हुन उनका आफ्न्तले आग्रह गरेका छन् ।
त्यस्तै दाजु (भुवन चन्द) ९८४८७७५५१९ र
श्रीमती (कमला पाल चन्द ९७६२५९२१३५) लाई सम्पर्क गरेर पनि सहयोग गर्न सकिने जनाइएको छ ।
भने सहजताका लागि पिडित महेश बहादुर चन्द को QR मा पनि डाइरेक्ट सहयोग गर्न सक्नु हुनेछ

