धनगढी २२ बैशाख/कैलालीको लम्की बजारमा गणस्तर हिन दाल बरामद गरी नष्ट गरिएको छ । उद्योग बाणिज्य तथा उपभोक्ता हित सरक्षण निर्देशनालय धनगढीको नेतृत्वमा गरिएको लम्की बजारमा बिभिन्न पसलहरुबाट नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर रंग लगाएको गुणस्तर हिन ११५ बोरा ३४ सय ५० केजी मासको दाल बरामद गरी नष्ट गरिएको छ।
टोलीमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्याल, प्रशासन कार्यालय, ईलाका प्रहरी लम्की, लम्कीचुहा नगरपालिकाको संयुक्त टोलीले लम्कीचुहा वडा नम्बर १को बजार क्षेत्र अनुगमन गरिएको हो ।
बरामद गरिएको गुणस्तर हिन रंग लगाएको मासको दाल आजै संयुक्त टोलीको रहोबरमा नष्ट गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका बरिष्ठ अनुगमन अधिकृत सुमन लामिछानेले जानकारी दिएका छन् । उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै खाद्य तथा उपभोग्य वस्तुको नियमित अनुगमन तीव्र पारिएको छ। गुणस्तरहीन वस्तु बेच्ने तथा वितरण गर्नेहरूलाई कारवाही गरिने चेतावनी समेत दिइएको छ।