धनगढी, २० वैशाख / बाजुरेली सेवा समाज धनगढी कैलालीले आफ्नो भित्तेपात्रो बिमोचन गरेको छ। धनगढीको जनपुस्तकालयको सभा हलमा आयोजित कार्यक्रमा समाजले सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यतामा भित्तेपात्रो बिमोचन सँगै २०८२ सालको शुभकामना आदानप्रदानका कार्यक्रम गरेको समाजका अध्यक्ष भरत केसीले बताए।
‘कला संस्कृति हाम्रो पहिचान, संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने मुल विचारलाई आत्मसाथ गर्दै स्थापना भएको समाजले संस्कृति संरक्षणमा ठुलो सहयोग गरि गरेको छ। धनगढीमा भुँवा नाचलाई सबै माझ पुर्याउन समेत बाजुरेली समाज लागि परेको छ।
भित्तेपात्रो बिमोचन कार्यक्रममा सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, प्रदेश सभा संसद पदम शाही, संसद सन्तोषी शर्मा, समाजका पदाधिकारी, बैतडी समाजका अध्यक्ष, अछाम सेवा समाज उपाध्यक्ष र पत्रकारको उपस्थिति रहेको थियो।