काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ९५ रन प्रहार गरेका छन् ।
पोखराविरुद्ध उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै ९५ रन बनाएका हुन् । एनपीएलमा व्यक्तिगतर्फ कुनै पनि खेलाडीले बनाएको यो सर्वाधिक रन हो । यसअघि विराटनगर किङ्गसविरुद्ध उनले ४६ रन बनाएका थिए ।