• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

चीनसँग प्रधामन्त्रीले झापामा खेलकुद रंगशाला, डडेलधुरामा सिटी हल निर्माणको माग राखे

काठमाडौं, १९ मंसिर /   नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा खेलकुद रंगशाला र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सिटी हल निर्माण गरिदिन चीन सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालले झापाको दमकमा खेलकुद रंगशाला र डडेलधुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेको हो । मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा उक्त विषय उल्लेख छ ।

दुवै पक्षबाट १२ बुँदामा संयुक्त वक्तव्य जारी गरिएको छ । त्यसको पाँचौं नम्बरमा नेपाली पक्षले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विकास कार्यमा तीव्रता दिन तथा झापाको दमकमा खेलकुद रंगशाला र डडेलधुराको अमरगढीमा सिटी हल कम्प्लेक्स निर्माण गर्न आग्रह गरेको उल्लेख छ ।

नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भने भएको छैन ।

संयुक्त वक्तव्यमा लेखिएअनुसार चीनले मुस्ताङको कोरला क्षेत्रमा आन्तरिक क्लियरेन्स डिपो (आईसीडी)र एकीकृत चेक पोस्ट (आईसीपी) निर्माणमा सहजीकरण गर्ने छ ।

केरुङ-काठमाडौं सीमापार रेलवेको सम्भाव्यता अध्ययनलाई जारी राख्ने, चीन-नेपाल रेलवे सहयोगसम्बन्धी नवौं कार्य बैठक आयोजना गर्ने र चिनियाँ पक्षले नेपाललाई रेलवे क्षेत्रका प्राविधिक जनशक्तिलाई तालिम दिन सहयोग गर्ने विषय पनि उल्लेख छ ।

दुवै पक्षले हवाई कम्पनीहरूलाई पोखरा र लुम्बिनी जस्ता नेपाली सहरहरू तथा चिनियाँ सहरहरूमा उडान सेवा सञ्चालन गर्न प्रोत्साहन गर्ने सहमति जनाएका छन् । यसले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध र दुईतर्फी यात्रालाई सहज बनाउने विश्वास छ ।

दुवै पक्ष चीन-नेपाल ऊर्जा संयुक्त कार्यान्वयन संयन्त्रको प्लेटफर्मको उपयोगलाई निरन्तरता दिने, ऊर्जा क्षेत्रमा सहकार्यलाई गहिराइमा लैजाने र नयाँ ऊर्जामा पनि आदान-प्रदानको सम्भावनाहरू खोजी गर्ने सहमत भएका छन् ।

नको सहयोगमा केरुङ-रसुवागढी-चिलिमे २२० केभी सीमा-पार विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययनलाई तीव्रता दिने सहमति पनि भएको छ।

साथै, दुई देशका दूरसञ्चार सेवा प्रदायकबीचको सहकार्यलाई निरन्तरता दिने र सीमापार भूमिगत केबलहरूको मर्मत तथा विस्तार परियोजनाहरू सञ्चालन गर्ने सहमति पनि भएको छ ।

बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.