धनगढी, ७ मंसिर/नेपाल–भारत सीमा गौरीफन्टा पलिया रोडमा मालबहाक मिन ट्रक दुर्घटना हुदा सडक अबरुद्ध भएको छ । पलियादेखी दुधवा हुदै गौरीफाँटा आउने सडकमा शनिबार बिहान एउटा मालबाहक गाडी सडकको छेउमा रहेको गहिरो खाडलमा खसेर दुर्घटना भएको छ । युपी ३१–१६/ ५१५ नम्बरको मालबहाक मिनिट्रक दुर्घटना भएको हो । गहिरो खाडलमा चक्का फसेका कारण दुर्घटना भएको गौरीफन्टा कोतवालिका अबदेश यादावले जानकारी दिएका छन् ।
चालकलाई कुनै गम्भिर चोटपटक नलागेपनि गाडी र त्यसमा रहेका सामानहरु सडकभर छरिएका सडक अबरुद भएको थियो । केही समय यातायात अवरुद्ध हुनुका साथै यात्रुहरुले निकै सास्ती खेप्नु परेको थियो । अहिले सो सडक एकतर्फी संचालनमा आईसकेको भारतिय प्रहरीले जनाएको छ ।
भारतबाट दुधवा राष्ट्रिय निकुञ्ज हुँदै नेपाल जान प्रयोग हुने यहाँको सडक पूरै कच्ची र खाल्डाखुल्डीले भरिएको छ । सडक छेउमा इन्टरलकिङ सिस्टम नहुँदा सवारीसाधन खाल्डोमा पर्ने गरेका छन् । यस सडकमा हालसम्म एक दर्जनभन्दा बढी दुर्घटना भइसकेका छन् तर यस समस्यालाई जिम्मेवार निकायले गम्भीरतापूर्वक नलिएको नागरिकले बताएका छन् ।