धनगढी ,१० कार्तिक । अल स्टार फुटबल एकेडेमीले नमूना युवा क्लबलाई हराउँदै उपाधि जित्न सफल भएकाे छ ।धनगढी उपमहानगरपालिका-७ पटेलामा पटेला स्माट क्लबद्वारा आयोजित महिला तथा पुरुष फुटबल प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा अल स्टार फुटबल एकेडेमी (बी) उपाधी जित्न सफल भएकाे हाे ।अल स्टारले पेनाल्टी सुटआउटमा नमूना युवा क्लबलाई ८-७ले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। उत्कृष्ट प्रदर्शन गरेकी अल स्टार फुटबल एकेडेमी (बी)का गोलकिपर गायत्री मल्लले प्लेयर अफ द म्याचको उपाधि समेत प्राप्त गरिन्।
प्रतियोगितामा एन्फा महिला लिग २०८१ का विभिन्न प्रदेशका खेलाडीहरू सहभागी थिए, जसमा सुदूरपश्चिम प्रदेशबाट सात खेलाडीसहित टोलीका कप्तान, कर्णाली प्रदेशबाट कप्तानसहित पाँच खेलाडी, र रौतहटबाट एक खेलाडी थिए।ती खेलाडीहरुलाई पनि अल स्टारले हराएकाे थियाे । खेलको क्रममा सुदूरपश्चिम फुटबल संघले अल स्टार टिमका खेलाडीलाई खेल्न रोक्ने प्रयास गरे तापनि, अल स्टार टिमका खेलाडीले ती सबै चुनौतीलाई पार गर्दै अन्ततः उपाधि हात पार्न सफल भएकाे छ ।