• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको बिचमा सीमा सुरक्षा बैठक

धनगढी ९ कार्तक/सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सीमा सुरक्षा बलको बिचमा भारतको उत्तर प्रदेश लखिमपुर खिरी जिल्लामा संयुक्त मासिक बैठक भएको हो।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) नम्बर ३ बटालियन परिसरमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर, कैलाली र भारतीय सशस्त्र सीमा बल (एसएसबी) नम्बर ३ बटालियनको बिच मासिक समन्वयात्मक बैठक सम्पन्न भएको छ।

नेपालको तर्फबाट कैलाली जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा सशस्त्र प्रहरी बलका अधिकारीहरूको सहभागिता रहेको थियो। भारतको तर्फबाट भारतीय सशस्त्र सीमा बल, (एसएसबी) नम्बर ३ बटालियन लखिमपुर खिरीका कमाण्डेण्ट देवानन्दको कमाण्डमा सात जना अधिकारीको टोली रहेको थियो।

सो बैठकमा दुई सुरक्षा निकाय बिचको सुमधुर सम्बन्ध, सूचना आदान प्रदान, सीमा इलाकामा संयुक्त गस्ती, सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने तथा सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप, अवध रूपमा खोटा मुद्रा अपचलन, अवैध सामान ओसारपसार, हातहतियार ओसारपसार, लागुऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने लगायतमा विषयमा छलफल भएको छ। तिहार तथा छठ पर्व लगायतका चाडबाडमा भारतबाट ठुलो सङ्ख्यामा नेपालीहरू स्वदेश आउने र सीमा क्षेत्रमा नेपाली नागरिकहरू लुटिने घटना विगतमा भएका छन। यस्ता घटना नियन्त्रणका लागि दुबै देशका सुरक्षाकर्मीबाट सहजीकरण गरिदिने, सीमामा हुने विदेशी घुसपैठ तथा अपराध रोकथाम लगायतका विषयमा छलफल भएको हो।
भारतको उत्तर प्रदेश प्रहरीका आइजी प्रशान्त कुमार, एसएबीको डिआइजी विक्रमन र लखिमपुर जिल्लाका प्रहरी प्रमुख जगोशकुमार शाहसँग समेत छलफल भएको छ। उनीहरूसँग लागुऔषध नियन्त्रण, मानव तस्करी, वन्यजन्तुको अवैध कारोबार, तस्करी नियन्त्रण लगायत अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने विषयमासमेत छलफल भएको हो। नेपाल–भारत सीमा क्षेत्रका नागरिकले सिमकार्डहरूको अवैध प्रयोग गर्दै आएका विषयमा समेत छलफल भएको छ। सिमकार्डको अवैध प्रयोग तथा दुरुपयोग र सवारी चोरी नियन्त्रणका विषयमासमेत छलफल भएको छ। समस्यामा परेका नागरिकको विषयमा समेत सूचना आदान पर्दान गर्ने सहमति भएको छ।

नेपाल र भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले सिम क्षेत्रमा हुने आपराधिक क्रियाकलापहरू रोक्न सहज हुने अपेक्षा गरिएको छ। आपराधिक समूह तथा व्यक्तिहरूलाई पक्राउ गर्नसमेत सहज हुने संयुक्त बैठकको दाबी छ।

शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.