जंगल मासिनुमा अर्को ठूलो कारण डढेलो पनि हो । वन क्षेत्रमा अन्धाधुन्द डढेलो लगाउनु र सामुदायिक वनले नियन्त्रणको प्रयास नगर्नुले पनि जंगल नसिनुमा डढेलो पनि प्रमुख कारण रहेको छ । चैतदेखि जेठ महिनासम्म जंगलमा डढेलो लाग्दा वन जंगल सखाप हुने गरेको हो । जंगलमा डढेलो लगाउन नहुने चेतना नहुनु र डढेलो लग्दा निभाउन सक्ने प्रविधि, जनशक्ति र उपकरण नहुनुले पनि वन विनाश हुने गरेको सरोकारवाला सामुदायीक वन समन्वय समिती मसुरियाका ओम प्रकास सापकोटा बताउँछन् ।समुदायमा रहेका केही गलत सोच भएका मानिसले जंगलमा आगजनी गर्ने र सामुदायिक वनमा विमती राख्नेहरुले जंगलमा डढेलो लगाइ दिँदा डढेलोका कारण पनि जंगल मासिने गरेको संरक्षणका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार पुष्पराज जोशी बताउँछन् । गर्मीको मौसम त्यसमा पनि सुकेका पातपतिंगर र सुकेका ढलापढा काठले पनि डढेलो लाग्ने गरेको बताउँदै उनी भन्छन्,‘त्यसलाई व्यवस्थापन गर्न नसक्दा डढेलोले बर्सेनि जंगल सखाप पार्ने गरेको छ ।’
