लबदेव धामी
धनगढी , १४ भदौ / सुदूरपश्चिम प्रदेशको महिला फुटवल टोली यति बेला यता न उताको भएको छ । भदौ १६ गतेबाट काठमान्डौँमा सुरु हुने महिला फुटबल लिगको संघारमा पुग्दा सुदूरपश्चिम प्रदेशको महिला फुटबल टिमको बिषयलाई लिएर ठुलो विवाद सिर्जना भएको छ ।
खेलको सेटअफमा एक महिना अगाडिबाट प्रशिक्षण दिदै आएका प्रशिक्षकको ठाउँमा सुदूरपश्चिम फुटबल संघले नयाँ प्रशिक्षकलाई नियुक्त गर्दा खेलाडीसँग एक पटक पनि कुरा नगरी मनोमानी तरिकाले निरंकुश शैली अपनाएको फुटबल संघलाई खेलाडीहरुले आरोप लागाएका छन् । २६ जना खेलाडी बन्द प्रशिक्षणमा खेलीरहेका तर आज आएर फुटबल संघले जम्मा १८ जना खेलाडी लग्ने र त्यसमा पनि पूनः छनोट प्रक्रियामा लैजाने कुरा गरे पछि विवाद सिर्जना भएको सुदूरपश्चिम महिला फुटबल टिमकी कप्तान अञ्जली चन्दले बताइन् ।
नयाँ प्रशिक्षकले आफूहरुलाई नचिन्ने हुनाले उनीसँग प्रशिक्षण गर्न गाह्रो हुने कप्तान अञ्जलीले बताइन् । ‘काठमाडौं हिँड्ने केही दिनअघि मात्रै नयाँ प्रशिक्षक ल्याएर हामीलाई उहाँले कसरी चिन्नु हुन्छ ?’ उनले प्रश्न गरिन् । साथै प्रशिक्षकले हौशला दिनुको साटो मैदानमा तिमीहरु १० मिनेट पनि खेल्न नसक्ने भनि खेलाडीलाई निरास बनाएको भाइस कप्तान अस्मिता चौधरीले रुदै भनिन् ।
खेलाडीले पुरानै प्रशिक्षक र २६ जना खेलाडी नै काठमाडौं जान पाउनुपर्ने माग गरेका छन् । सो माग पुरा नगरे आफुहरुको सहमति नहुने खेलाडीहरुले बताए । क्वाली फायर भएका खेलाडीहरु अन्य कूनै प्रदेशले छनोट नगरेको तर हाम्रो सुदूरपश्चिममा मात्रै यस्तो किन ? हाम्रो जिम्मेवारी लिन नसक्ने व्यवस्थापनसँग गएर हामी कसरी खेल खेल्ने ?भन्दै खेलाडीहरुले गुुनासो पोखे ।
हामीले मेहनत गरेर काठमान्डौं लिगको लागि छनौट भएर आयौँ आज आएर फुटवल संघले नयाँ खेलाडी हाल्ने रणनीति खेलेको र साथै हामीहरुलाई विचल्लीमा पारेको अवस्था छ । प्रदेश सरकार र सबै सरोकारवाला निकायहरुले हाम्रो समस्यालाई बुझिदिनु पर्ने समेत खेलाडीहरुले बताए ।
साथै कप्तान अञ्जली चन्दले संघले घोषणा गरेको नयाँ २० जना खेलाडी रहेको टालीले आफुहरु सँग जितेर खेल खेल्न काठमान्डौं जान सकोस् यदि संघले छनौट गरेका खेलाडी त्यतिकै अब्बल छन भने, भनेर सुदूरपश्चिम फुटबल संघलाई चुनौति समेत दिएकी छन् ।