धनगढी,१४ भदौ । बेलौरी –कञ्चनपुरको बेलौरीमा सिद्धनाथ मन्दिर समितिले आयोजनामा गरेकोको सिद्धनाथ वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिका – ८ को टिमले जितेको छ ।
बेलौरी नगरपालिका – ९ स्थित शिद्धनाथ मन्दिर समितिले आयोजना गरेको भलिबल प्रतियोगिताको बिहीबार साँझ भएको फाइनल खेलमा आयोजक सिद्धनाथ मन्दिर समिति ‘ए’ लाई ३–१ सेटको अन्तरले पराजित गर्दै धनगढी – ८ ले उपाधि जितेको हो ।
विजेता धनगढीले २१ हजार एक सय ११ र उपविजेताले ११ हजार एक सय ११ सहित मेडल र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ ।
त्यस्तै बेलौरी नगरपालिका – ९ को टिमले तृतीय स्थान प्राप्त गर्दै ७ हजार ७ सय ७८ सहित, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सिद्धनाथ मन्दिर समितिले यही भदौ ८ गतेदेखि आयोजना गरेको मन्दिर कार्य समितिका अध्यक्ष दिनेश राज भट्टले बताए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सबै समुदायका चाडपर्वलाई सभ्य र भव्य ढङ्गबाट मनाउन नगरपालिकाले प्रोत्साहन गर्दै आएको बताउँदै नगरपालिका स्वयं वा मातहतका वडा एवम् शाखाहरूबाट यस्ता कार्यक्रमलाई सहयोग गर्न नगरपालिका सदैव तयार रहेको बताए ।