धनगढी,१३ भदौ । यही भाद्र २० गते देखि खस मुक्ति मोर्चाले कैलालीको अत्तरियाबाट आन्दोलन गर्ने तयारी सुरु गरेको छ । अत्तरियामा मुक्ति मोर्चाले घोषणा सभा गर्दै छ । आन्दोलनको अगुवाइ गरिरहेका बझाङका निर्मल धामिले २० गते जन प्रदर्शन सहित मोर्चाको घोषणा गरिने बताए । उनले खसलाई आर्य समुदायबाट अलग गरिनुपर्ने आफूहरूको माग रहेको बताए ।
१७ प्रतिशत खस समुदाय को अलग्गै पहिचान रहेकाले आफूहरूको राज्य संयन्त्रमा उपस्थिति कमजोर हुन नदिन आन्दोलन गर्नु परेको धामीको जिकिर रहेको छ । उनले भने, खस आर्य भन्दा अलग नै हो । अन्य सबै समुदायले पाएको जति अधिकार पनि हामीले पाएका छैनौँ । अब अहिले खस आर्य एउटै हो भनेर खस समुदाय को राज्य संयन्त्रमा उपस्थिति नै छैन ।
त्यसैले यही कुरालाई स्थापित गर्न हामीले आन्दोलन गर्न परेको हो ।खस समुदायले मष्टो धर्म मान्दै आएको छ। धामी कै नेतृत्वमा मोर्चा को कार्यालय पनि अत्तरियामा राखिएको छ ।