धनगढी, १२ भाद्र/परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कामचलाउ अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशको धनगढीको गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन भारतसँग सकारात्मक भएको बताएकी छन् । आफ्नो भारतको भ्रमणका क्रममा यो नाकाका बिषया छलफलमा नाका व्यबस्थित बनाउन भारत सकारात्मक भएको समेत उनले बताएकी छन् ।
बुधबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ को नवनिर्मित वडा कार्यालय उद्घाटन गर्दै मन्त्री राणाले सो कुरा बताएकी हुन् । सुदूरपश्चिमको विकासका लागि गौरीफन्टा नाका ‘लाइफ लाइन’ भएको बताउँदै यसको विषयमा भारत भ्रमणका क्रममा भारतीय सरकारसँग महत्वपूर्र्ण छलफलमा भारत सकारात्मक भएको छ । यो नाकाले धनगढीका साथै सुदूरपश्चिम प्रदेशको आर्थिक चलायमान बनाउन महत्वपुर्ण कोषेढुुङ्गा साबित हुने समेत उनको दाबी थियो ।
मन्त्री देउवाले नाकाको महत्वको विषयमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई लेखेर पठाउन समेत आग्रह समेत गरिकी छन् । आफू भारत भ्रमणमा रहेका बेला सुदूरपश्चिमको समग्र विकासका बारेमा महत्वपूर्ण छलफल भएको समेत उनले बताईन् । भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै परराष्ट्र मन्त्री राणाले सुदूरपश्चिमको महत्वपुर्ण क्षेत्र महाकाली पुल, सुख्खा बन्दरगाह र धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि समेत भारत सकारात्मक रहेको बताइन् ।
सुदूरपश्चिमको विकासका लागि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको समेत सक्रिय भूमिका रहेको स्मरण गर्दै मन्त्री राणाले आफू पनि सक्रिय रहने धारणा व्यक्त गरेकी छन् । विकास निरन्तर चलिरहने प्रक्रिया हो, जनताले धैर्य रहनुपर्छ सबै क्षेत्रको क्रमश बिकास हुने उनको दाबी रहेको छ ।