• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

व्यावसायिक फलफूल खेती गर्दै बाजुराका किसान

धनगढी, १२ भाद्र । बाजुराका अधिकांश किसानले पछिल्लो समय फलफूल खेतीलाई व्यावसायिक रुपमा लिन थालेका छन् । यहाँ उत्पादन हुने स्याउ, सुन्तला, किवी, आँप, ओखर, कागतीलगायतका फलफूल खेतीले आयआर्जनमा थप टेवा पुग्ने सम्भाना देखिको भन्दै उनीहरुले पछिल्लो समय फलफूल खेतीलाई व्यवसायकै रुपमा लिन थालेका हुन् ।

स्याउ खेतीका लागि यहाँको माटो र हावापानी राम्रो रहेकाले पछिल्लो समय किसान फलफूल खेतीतर्फ आकर्षित बन्दै गएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । पहिला स्थानीय जातको मात्र स्याउ उत्पादन हुन्थ्यो । अहिले कृषि ज्ञान केन्द्रले साइबेरियामा उत्पादन हुने गरेको गोल्डेन गाला, फुँजी स्याउको बोट मनाङगबाट ल्याएर रोप्न सुरु गरेसँगै बाजुरामा अहिले नयाँ जातको स्याउ उत्पादन हुन थालेको छ ।

बाजुरामा नयाँ जातको स्याउ राम्रो उत्पादन हुने गरेको यहाँका किसान बताउँछन् । बाजुरामा स्याउ राम्रो उत्पादन हुन थालेपछि आफुले यसलाई व्यवसायको रुपमा लिन थालेको स्वामिकार्तिक खापर गाउँपालिका –१ जोरुका स्याउ किसान धनबहादुर रावतले बताए । उनले भने , “स्याउ खेती जिविकोपार्जनमा निकै सहज देखेपछि अहिले झण्डै सात सय रोपनीमा स्याउ खेती गरेको छु । ती स्याउ यती बेला राम्रोसँग फलेका छन् ।”

स्याउ, सुन्ताला, आँप, ओखर र कागतीलगायतका फलफूललाई स्थानीय सरकारले बजारसम्म बिक्री गर्नका लागि अनुदानको व्यवस्था गर्दै आएपछि अहिले यहाँका किसान फलफूल खेती व्यवसायमा लाग्न थालेको रावलले बताए । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिमा स्याउ खेतीका लागि माटो तथा हावापानी निकै राम्रो भएकाले पछिल्लो समय किसानलाई स्याउ खेतीतर्फ आकृषित गर्दै आएको अध्यक्ष भरतबहादुर रोकायाले बताए ।

उनले भने , “गाउँपालिकाले यहाँको बाँझो रहेको जमिनमा पनि स्याउँ खेती गर्ने अभियान सुरु गरेको छ । त्यसका लागि यहाँका किसानलाई नयाँ जातको स्याउको बिरुवा समेत दिने गरेका छौ ।” फलफुल खेतीबारे पहिला यहाँका अधिकांश किसानलाई केही जानकारी नहुँदा स्याउ कम उत्पादन हुने गरेको थियो ।

किसानले उत्पादन गरेका स्याउ गाउँपालिकाले देशका विभिन्न ठाउँमा बिक्री गर्न ढुवानी अनुदानको सहयोग गर्दै आएपछि किसानले स्याउ खेतीलाई व्यवसायको रुपमा लिन थालेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष रोकायाले बताए । पहिला हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दालगायतका ठाउँमा उत्पादन हुने गरेको स्याउ अहिले बडिमालिका, गौमुल र खप्तड छेडेदहमा पनि हुने गरेको छ । बाजुरामा ३७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेट्रिक्टन स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बुधबार, भदौ १२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.