• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

चर्चामा बिते अढाइ दशक, सुदूरपश्चिममा मेडिकल शिक्षा अध्यापन सुरु भएन

धनगढी, १० भदौ /  सुदूरपश्चिममा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न र मेडिकल शिक्षाको अध्यापन सुरु गर्नका लागि चर्चा सुरु भएको २५ वर्ष बितेको छ । तर, सुदूरपश्चिमवासी अहिले पनि गुणस्तरीय स्वास्थ्य सेवाका लागि काठमाडौं वा सीमापारी भारतीय शहरहरूमा धाउनुपर्ने बाध्यतामा छन् । २०५६ सालमा भारतको काञ्चिकामकोटी पीठका जगद्‌गुरु जयन्द्र सरस्वती शङ्कराचार्य नेपाल भ्रमणमा आएको बेला कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाइएको थियो । उनले आयुर्विज्ञान मेडिकल कलेजको शिलान्यास पनि गरेका थिए । उनकै लगानीमा केही संरचना पनि निर्माण भए । तर, मेडिकल कलेज स्थापनाको कार्य भने अलपत्र पर्‍यो । त्यसको १० वर्षपछि २०६६ सालमा सरकारले नै गेटामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गर्‍यो । तर, काम अगाडि बढ्न सकेन । २०६९ सालमा मेडिकल कलेज निर्माणका लागि ८४ बिघा जग्गा छुट्याएर नक्सांकनको काम भयो । वन क्षेत्रको जग्गा भएकाले रुख कटानीको प्रक्रियामै लामो समय लाग्यो ।

२०७२ सालमा रुख कटानीको प्रक्रिया अगाडि बढ्यो । त्यसपछि मेडिकल कलेज निर्माणका लागि ५ सय ५३ वटा रुख काटिए । सोही वर्षदेखि गेटामा ६ सय शय्याको अस्पतालसहित मेडिकल कलेज सञ्चालनका लागि भवन निर्माणको कार्य सुरु भएको थियो । अहिले पूर्वाधार निर्माणको काम सकिएको छ । तर, मेडिकल कलेज स्थापनाको सपना भने पूरा भएको छैन । मेडिकल कलेजका लागि बनेको भवनमा अहिले ५० शय्याको गेटा अस्पताल मात्रै सञ्चालन भइरहेको छ । गेटा अस्पतालका निर्देशक विप्लव सापकोटा १ कात्तिक २०८० देखि अस्पताल सञ्चालन भएकोमा सेवा विस्तारको कार्य जारी रहेको बताउँछन् । ‘अहिलेका लागि ५० शय्याको अस्पताल सञ्चालन गर्न अस्थायी दरबन्दी स्वीकृत भएको छ,’ उनले भने, ‘तीन सय शय्याको अस्पताल सञ्चालन गर्न दरबन्दी स्वीकृतिका लागि हामीले काम गरिरहेका छौँ ।’

सापकोटाका अनुसार, गेटामै एमबीबीएस सहितको मेडिकल शिक्षा अध्यापनका लागि भने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकले पूर्णता पाउन आवश्यक छ । उक्त विधेयक राष्ट्रियसभाबाट पास भएर प्रतिनिधिसभामा पेस भएको थियो । प्रतिनिधिसभामा विधेयकमाथि छलफल भएर अहिले दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ । विधेयकमा विश्वविद्यालयलाई स्वायत्त, स्वशासित र संगठित संस्थाका रूपमा प्रबन्ध गरिएको छ । प्रधानमन्त्री कुलपति, शिक्षामन्त्री सहकुलपति हुने प्रबन्ध गर्नुका साथै ऐन कार्यान्वयन भएको ९० दिनभित्र उपकुलपति नियुक्त भइसक्नुपर्ने, विश्वविद्यालयसभामा प्रधानमन्त्री र शिक्षामन्त्रीका अतिरिक्त प्रदेशको मुख्यमन्त्रीको सहभागिताले प्रदेश तहमा समेत स्वामित्व हुने गरी कानुनी प्रबन्ध गर्न खोजिएको छ ।

२९ माघ २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले गेटामा सरकारी लगानीमा निर्माण भएको संरचनामा स्वास्थ्य विज्ञानसम्बन्धी विशिष्टिकृत विश्वविद्यालयको रूपमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेले सुदूरपश्चिममै डाक्टर पढ्ने र पढाउने सपना पूरा नहुँदा समस्या बढ्दै गएको बताए । सुदूरपश्चिममा विशेषज्ञ स्वास्थ्य सेवा नपाएका कारण मैले नै आफ्नो उपचारमा पछिल्लो ६ महिनामा भारतका अस्पतालमा २२ लाख भारतीय रुपैयाँ खर्च गरेको छु,’ उनले भने, ‘गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आए यहाँका बासिन्दाले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्छ । डाक्टर पढ्नका लागि देशकै अन्यत्र भूभाग र विदेश जानुपर्ने बाध्यताको पनि अन्त्य हुन्छ ।’ पाण्डेले तत्काल गेटामा ६ सय शय्याको अस्पताल र एमबीबीएसको अध्यापन सुरु गर्नका लागि सरकारले तदारुकता नदेखाए फेरि आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

 

सोमबार, भदौ १०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.