धनगढी, ९ भाद्र । अत्तरियाबाट पहाड घर गएकी डोटीको जोरायल ६ गुनड ( पत्तिर)की १८ बर्षकी दुर्गा साँउद घरको दैलो टेक्न नपाउदै उनको मृत्यु भएको छ । उनको चट्याङ लागेर शनीबार मृत्यु भएको हो । आफ्ना दाइसङ्गै पहाडको घर आएकी दुर्गा घरमा पुग्दा पानी धेरै परेको थियो ।
घर पुगेर भित्र जान नपाउँदै ढोकामै परेको चट्याङले उनी गम्भीर घाइते भएकी थिइन् । उनको बाँच्न सक्ने अवस्था नभए पनि घरपरिवारले ज्यान बचाउने आशामा शनिबार राती नै उपचारका लागि धनगढी ल्याएका थिए ।
अस्पताल ल्याए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको बताइएको छ ।उनी गोदाबरी नगरपालिकाको लालपुरमा तराईको घरमा बसेर हेल्थ असिस्टेन्ट अध्ययन गरिरहेकी थिईन् । सानैमा आमा गुमाएकी उनीका ४ दाई थिए । उनका दाईले हेल्थ असिस्टेन्ट पढाईरहेका थिए । उनी गौरा मनाउन आफ्नौ पुर्खेउली घर जोरायलको गुनड गएकी थिईन् । साँउद शनिबार मात्रै अत्तरियाबाट पहाड घर गएकी थिईन् ।
