धनगढी, ८ भदौ / कैलालीमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–७ महुलियामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको हो ।
५ बर्षीया काजल घर्तीमगर र ६ बर्षीया लिजा घर्तीमगरको सर्पको टोकाइबाट मृत्यु भएको स्थानीय धनीराम घर्तीमगरले बताए । उनीहरुलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो ।
सर्पको टोकाइबाट बालिकाकी हजुरआमा मेनुका घर्तीमगर घाइते भएकी छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै कैलालीको अत्तरियामा सर्पले टोकेर एक बालक घाइते भएका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ वनखेतका १४ वर्षीय सागर गिरिलाई सर्पले टोकेर घाइते बनाएको हो ।
उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।