धनगढी, ६ भदौ / कञ्चनपुरमा लागुऔषधसहित एक पुरुष पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-१८ निम्बुखेडाका ४४ वर्षीय मदन नाथ पक्राउ परेका हुन् ।
भीमदत्त -६ चम्मन चौराहमा गोकुलेश्वर मम सेन्टर सञ्चालन गर्दै आइरहेका नाथको पसलबाट ७५ ग्राम र घरबाट २८५ ग्राम गरी ३६० ग्राम लागुऔषध चरेस जस्तो देखिने कालो पदार्थ फेला परेको प्रहरीले बताएको छ ।
हिजो साँझ गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित नाथलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।