धनगढी, ४ भदौ / कञ्चनपुरमा बाढी प्रभावित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका-६ का दुई विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
नगर प्रवक्ता एवं सो वडाका अध्यक्ष ओम बस्नेतले भानु माध्यमिक विद्यालयका ९० जना र कमलशा आधारभूत विद्यालयका ६० जना विद्यार्थीहरुलाई एनएनएसडब्ल्यूए र सेभ द चिल्ड्रेृनले शैक्षिक सामग्री वितरण गरेको बताए ।
बाढी प्रभावित बालबालिकाहरुको सिकाइ निरन्तरताका लागि शैक्षिक सामग्री वितरण कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई झोला, विद्यालय पोसाक, शैक्षिक सामग्री र बालविकासका बालबालिकाहरुलाई शैक्षिक तथा मनोरञ्जनात्मक सामग्री वितरण गरेको बताइएको छ ।