धनगढी, ४ भदौ / कैलाली बहुमुखी क्याम्पसमा स्ववियुको आयोजनामा सञ्चालन भएको ५ दिने उद्घोषण तालिम आज एक कार्यक्रमका बिच समापन गरिएको छ । साउन ३० गते देखि क्याम्पसमा अध्ययनरत विद्यार्थीको बिचमा सञ्चालन गरिएको कार्यक्रमका सहभागि सबैलाई प्रमाणपत्र प्रदान गरेर समापन गरेको कार्यक्रम संयोजक तथा स्ववियु सदस्य गौरी सिंङले बताइन्।
व्यक्तित्व विकास तथा नेतृत्व विकास गर्न र मञ्चमा उद्धघोषण र रेडियो उद्घोषण गर्न सजिलो होस् भन्ने उद्देश्यले गरेको कार्यक्रम आज समापन गरिएको हो । ५ दिने कार्यक्रममा सहभागी भएर आफुलाई धेरै सहजता भएको र धेरै कुरा सिक्ने अवसर मिलेको ५ दिन सम्म कार्यक्रममा सहभागि भएकी विद्यार्थी आयुष्मा देउवाले बताइन ।
आफु पत्रकारिताको विद्यार्थी भएको हुनाले स्ववियुले गरेको यो रेडियो उद्घोषण तथा मञ्च उद्घोषण तालिमले मलाई धेरै सहयोग पुर्याएको अर्का सहभागि विद्यार्थी उमेश प्रसाद ओझाले बताए।
कैलाली बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भैसके पछि वेला वेला विद्यार्थीहरुको अतिरिक्त विकास लागि यस्ता कार्यहरू गर्दै आएको र यो पनि स्ववियुको एउटा महत्वपूर्ण कार्यक्रम भएको स्ववियु सभापति यमराज जोशीले बताए।
कार्यक्रमको समापन समारोहमा सभाध्यक्षमा स्ववियु सभापति यमराज जोशी , प्रमुखअतिथिमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि एन जोशी र विशिष्ट अथितिमा क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक तोयाराज भट्ट, अथितिमा प्राध्यापक डा. मानबहादुर जोरा , प्राध्यापक शिव प्रसाद सापकोटा,र कार्यक्रमका प्रशिक्षक टेकेन्द्र देउवा र विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।