काठमाडौँ : भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबिच सोमबार भेटवार्ता भएको छ । द्विपक्षीय वार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री राणाले आज नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ । चार दिने भ्रमणका लागि परराष्ट्रमन्त्री राणा आइतबार दिल्ली पुगेकी हुन् ।
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता