लबदेव धामी
धनगढी, ३ भदौ / विकाश गर्ने नाममा पछिल्लो समयमा यत्रतत्र ग्रामीण भेगमा सडक बाटो पुर्याइन थाल्यो । स्थानीयहरु पनि केही सहजता हुँदा त्यसलाई अति आवश्यक रुपमा नै लिन थाले तर सबै ठाउँमा यस्ता काटिएका सडकहरुले सहजता मात्रै दिएको छैन बर्खामा हिलो , बाढी , पहिरो र हिउँदमा धुलो जस्ता यावत थुप्रै समस्या आएको देखिन्छ । यी समस्याको मूल कारण भनेको बिना मापदण्डको सडक हो ।
जमिनको परीक्षण नगरी जथाभावी डोजर चलाउदा कण कण मिलेर बनेको पहाडी क्षेत्रको भू–भाग खलबलिएको देखिन्छ , जस्ले गर्दा पहिरो आउन सक्ने सम्भावना नै नभएको स्थानमा पहिरो आएर अकालमै ज्यान गुमाउन बाध्य हुनु परेको अवस्था छ । हिजो राती (भदौ २ गते)े बझाङको बुङ्गल नगरपालिका –१० टुमेडामा पहिरोले घर पुरीदा एकै घरका ४ जनाको ज्यान गयो, जुन पहिरो आउने कुनै सम्भावना थिएन ,न पानी धेरै परेको थियो अचानक पहिरो आयो र ४ जनाले ज्यान गुमाए ६ जना भागेर बाँच्न सफल भए घरको भग्ना बशेष सम्म पनि रहेन सबै पहिरोमा पुरियो ।
यो एक प्रतिनिधि मूलक घटना मात्रै हो , यस्ता थुप्रै घटना छन् । जुन घटनाले परिवार , समाज आज अस्थब्यस्त भएको देखिन्छ ।
जनसमुदायले सडकलाई जति प्राथमिकता दिएर माग गर्छन निमार्ण गर्ने समयमा आफ्नो जग्गा सडकमा पर्दा पछि हट्ने विरोध गर्ने गरी रहदा प्राविधिक टिमले भनेको भन्दा अर्काे विकल्प अपनाउनु पर्दा पहिरो आउने , बाढी गाउँमा पस्ने, पानीका मुहान सुक्ने जस्ता समस्या आएका बझाङको बुङ्गल नगरपालिकाका नगर प्रमुख जय बहादूर धामीले बताए।
यो समस्या बुङ्गल नगरपालिकाको मात्रै हैन , जहाँ सुकै यस्तो भएको पाइन्छ । बझाङका अन्य स्थानीय तहमा पनि बिना मापदण्ड काटिएका सडकले अर्को घटना नहोला भन्न नसकिने बझाङका प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले बताए । सडक निमार्ण गर्न होस् वा जुन सुकै विकास निमार्णका कार्य गर्न पनि जनसमुदाय जिम्मेवार हुनु पर्नेमा प्रहरी नायव उपरीक्षक भण्डारीले जोड दिए ।