• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी विमानस्थलमा चर्को पार्किङ शुल्क तोकेको भन्दै विरोध

धनगढी,१ भदौँ । कैलालीको धनगढी विमानस्थलमा नयाँ पार्किङ शुल्क तोकिएको छ । आज भदौ १ गतेदेखि लागू हुने भन्दै पार्किङ शुल्क संकलन गर्ने ठेक्का पाएको कुलेमष्ट कन्स्ट्रक्सनले नयाँ शुल्क सुचि सार्वजनिक गरेको हो ।

नयाँ शुल्कअनुसार मोटरसाईकल, स्कुटर र रिक्साको प्रतिघण्टा २० रूपैयाँ र प्रतिदिन १२० रूपैयाँ, कार, जिप, टेम्पो, लिमोजिनको प्रतीघण्टा ४० र प्रतिदिन २४० रूपैयाँ, हल्का सवारीसाधन मिनी बस, माइक्रो बसको प्रतिघण्टा ६० र प्रतिदिन ३६० रूपैयाँ, बस र ट्रकको प्रतिघण्टा ९० र दिनको ५४० रूपैयाँ निर्धारण गरिएको छ ।

पार्किङ शुल्कमा भारी बृद्वि गरिएको भन्दै मजदुरहरुले भने विरोध जनाएका छन् । विगतमा विमानस्थलमा पार्किङ शुल्क बापत न्यूनतम १० रूपैयाँदेखि २० रूपैयाँसम्म संकलन गरिदै आएकोमा एक्कासि बृद्वि गरिएपछि यातायात मजदुरहरूले विरोध जनाएका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिमले बृद्वि गरिएको पार्किङ शुल्क घटाउन माग गर्दे शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । संगठनले पूर्वत शुल्क नै कायम गर्न माग गरेको हो । सगंठनले सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नेपाली काग्रेंसका प्रमुख सचेतक बिक्रम धामी र नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्ललाई समेत ज्ञापनपत्र बुझाएको छ ।

संगठनका प्रदेश अध्यक्ष ललित चन्दले विमानस्थलले निर्धारण गरेको शुल्कले यातायात मजदुरको ढाड सेक्ने भएकाले विगतकै शुल्क निर्धारण गर्न माग गरिएको बताए । बिगतमा दिनभरी ट्याक्सी पार्किङ गर्दापनि १० रुपयाँ लिइन्थ्यो तर भदौ १ गतेदेखी एक घण्टाको ४० रुपयाँ र दिनभरीको २ सय ५० रुपयाँ तोकिएको छ चन्दले भने “यो दुई हजार प्रतिशत भन्दापनि बढी हो,

यसले ट्याक्सी चालक सबैभन्दा बढी मारमा पर्ने छन्, बिमानस्थलबाट धनगढीसम्म ५ सय रुपयाँ ट्याक्सी भाडा लिने गरिन्छ, अनी दिनभरी यात्रु नपाए २ सय ४० रुपयाँ पार्किङ शुल्क तिर्नुपरे के बच्यो त, यसमा बिमानस्थल प्रशासनले अली कति ध्यान दिनुपथ्र्यो तर दिइएन हामीले हाम्रा माग सम्बोधनका लागी प्रदेश र सघं सरकार गुहारेका छौँ, सम्बोधन नभए प्रतिवादमा उत्रिनेछौँ ।”

१५ दिनभित्र माग सम्बोधन नभए विमानस्थलभित्र पार्किङ गर्न बाध्य नहुने समेत चन्दले बताएका छन् । सम्भवत भदौ १ गतेदेखी बिमानस्थल भित्र सवारी साधन पार्किङ नगर्ने योजना बनाएको चन्दले बताएका छन् । बिगतका बर्षमा ८ लाखमा पार्किङको ठेक्का दिइने गरिएपनि यस बर्ष कुलेमस्ट कन्सट्रक्सनलाई ५३ लाखमा ठेक्का दिइएको छ ।

शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.