धनगढी,३१ साउन । बाजुराको बडीमालिका नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बडीमालिका तीर्थ यात्रा प्रारम्भ हुने भएकाले आज बिदा दिइएको जनाएको हो ।
बाजुरा र देशकै प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको धरोहर बडीमालिका मन्दिरमा भाद्र शुल्क चतुर्दशीका दिन भव्य मेला लाग्ने गर्दछ ।

