धनगढी, ३० साउन / कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको ५ दिने निशुल्क उद्धघोषण तालिम आज देखि सुरु भएको छ । ब्यक्तित्व , नेतृत्व विकास , रेडियो उद्घोषण र मञ्च उद्धघोषण सम्बन्धि तालिम औपचारिक रुपमा सुरु गरेको स्ववियु सदस्य तथा कार्यक्रमकी संयोजक गौरी सिंङले बताउन् ।

विद्यार्थीहरुको वाककलाको विकास गर्न र नेतृत्व लिने क्षमतालाई अझ प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको हो । आजदेखि आगामी ५ दिन सम्म सञ्चालन हुने कार्यक्रममा पत्रकारिता अध्ययनरत र अन्य थुप्रै विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक सिङले बताइन्।

कार्यक्रम उद्धघाटन समारोहको सभाध्यक्षमा स्ववियु अध्यक्ष यमराज जोशी , प्रमुख अथितिमा प्राध्यापक तथा क्याम्पस प्रमुख तोयाराज भट्ट र अथितिमा उपप्राध्यापक तथा तालिमका प्रशिक्षक टेकेन्द्र देउवा रहनु भएको थियो ।
यस्तै कार्यक्रममा अन्य स्ववियुका पदाधिकारी, विभिन्न विद्यार्थी संगठनका विद्यार्थी नेता र सहभागि विद्यार्थीको उपस्थिति रहेको संयोजक सिङले बताइन् ।