धनगढी, २७ साउन / बझाङ र बैतडी जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती खेप्नु परेको र ठुलो समस्या भैरहेको छ ।
लगातारको वर्षाका कारण आएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। प्रहरीका अनुसार बैतडीस्थित ढोल्यामोड क्षेत्रमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको हो। अहिले अवरुद्ध राजमार्गमा सवारी र यात्रु अलपत्र परेका छन्।