धनगढी, २६ साउन / धनगढी घर भएका अग्रज पत्रकार स्वयंसेवी रक्तदाता दिपक उपाध्याय सुदूरपश्चिम प्रदेश भरी सर्वाधिक रगत दान गर्ने व्यक्ति हुन । आज बैतडी समाज कैलालीले आयोजना गरेको १३ औँ रगत दान महोत्सवमा उनले १०६ औं पटक रगत दान गरेका हुन।
उनलाई वल्ड बैंकको उपनामले पनि चिनिन्छ। रगत दान गर्नुपर्दछ भन्ने विचारलाई उच्च प्राथमिकता राख्ने उपाध्यायले पछिल्लो समयमा यस बारे सचेतना अभियान समेत चलाएका छन् ।
उनी भन्छन् “स्वस्थ मान्छेले ३/३ महिनाको अन्तरालमा रगत दान गरी राख्नु पर्छ। जस्ले गर्दा नयाँ रगत उत्पादनमा समेत बृद्धि हुने गर्दछ। रगत दान गरेर कमजोर भैइन्छ भन्ने मानसिकताका भन्दा बाहिर आउन समेत अनुरोध गरे। शारीरिक अवस्था ठिक छ भने रगत दान गरेमा कमजोर भैइन्छ भन्ने भनाई गलत हो । रगत दान गर्नु आफैंमा पुण्यको कार्य हो । कसैको १ पिन्ट रगतले नयाँ जीवन पाउन सक्छन् यसैले यस्तो पुण्यको दान गर्न सबैलाई अनुरोध गरे “।
दिपक उपाध्याय लामो समय देखी पत्रकारिता र समाज सेवामा लागि रहनु भएको छ।