धनगढी,२१ साउन । कञ्चनपुरमा प्रहरीले अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको छ । भीमदत्त नगरपालिका–५ सुकासाल चौराहा नजिक भारतबाट भन्सार छली ल्याइएका अन्दाजी ५७ हजार ८६८ मूलयका सामानहरु फेला पारेको हो ।
वडा प्रहरी कार्यालय महेन्द्रनगर तथा अस्थायी प्रहरी बिट सुकासालबाट खटिएको प्रहरी टोलीले उक्त मूल्यको स्टेन्ड पङ्खा, भटमास तेल, मासको दाल, मिस्री, खुर्सानी, दाल मोटर, टिफिन बट्टा अन्य खाद्यन्न लगायतका सरसामानहरु बेवारिसे अवस्थामा फेला पारी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको बताएको छ ।