धनगढी,२० साउन । कैलालीबाट प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा ५ दिन कैद सजाय र २ हजार जरिवाना तोकेका जोशीपुर गाउँपालिका – ४ का ४५ वर्षीय गुलाब चौधरी पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार धनगढी उपमहानगरपालिका – ४ बसपार्कबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कैलालीबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कैलालीबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ