धनगढी,२० साउन । कञ्चनपुरको महेन्द्रनगरमा २ किशोर बस्दै आएको कोठामा लागू औषध खैरो हेरोईन भेटिएको छ । शनिबार नेपाल प्रदेश प्रहरी कार्यालय महेनद्रनगर, लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले लागू औषध सहित २ किशोरलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका – ४ घर भइ हाल भिमदत्त नगरपालिका – ४ भासीमा कोठा लिएर बस्दै आएका १८ वर्षीय किशोर र बैतडीको सुर्नया गाउँपालिका – ४ घर भएका १८ वर्षीय किशोर रहेका छन । उनीहरु कोठामा बसिरहेको अवस्थामा शंका लागि खाँनतलासी गर्दा लागू औषध सहित पक्राउ परेका हुन ।
