बाजुरा, १६ साउन / बाजुराको सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्गको बीचमा बाढीसंगै आएको पहिरो पन्छाएपछि सुचारु भएको छ । खहरे खोलामा मंगलबार राति बाढी आएर राजमार्ग अवरुद्ध भएको थियो ।
बडीमालिका नगरपालिका अन्तर्गतपर्ने नुनेपानी भन्ने स्थानमा बाढीका कारण राजमार्ग बन्द हुँदा यातायात सेवा प्रभावित भएको थियो ।
अहिले बडीमालिका नगरपालिकाको जेसीबीले सडकमा भएको पहिरो पन्छाएपछि नियमित यातायात सेवा सुचारु भएको हो ।
