• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विपिन जोशीको रिहाइका लागि प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा

धनगढी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छिन्। जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री डा। राणाले सो जानकारी दिएकी हुन्।

विपिन जोशीका बुबासहित परिवारका सदस्यहरूले सोमबार परराष्ट्रमन्त्री डा। राणालाई उनको कर्यकक्षमा भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए। भेटमा मन्त्री डा. राणाले जोशी सो समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताएकी थिइन्।  इजरायलमा भएको सो आक्रमणपछि विपिनसहित नियन्त्रणमा लिइएका सबैलाई उनीहरूले सुरक्षित राखेको जानकारी पाइएको र उनको सकुशल रिहाइका लागि मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा। राणाले दिइन्।

‘उनको अवस्थाबारे हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ। उहाँले पनि सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरू हमासको समूहमा सुरक्षित रहेको आफूले जानकारी पाएको बताउनुभएको छ। जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागिपर्नुभएको छ। हामीले पनि उनको रिहाइमा कुनै पनि कसर बाँकी नराखेरै काम गरिरहेका छौँ। आशा छ, उनी सो नियन्त्रणबाट सकुशल मुक्त हुनेछन्,’ राणाले भनिन्।

आफू परराष्ट्रमन्त्री भएदेखि नै विपिनको रिहाइका लागि केही गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरूलाई पनि विपिनको रिहाइका लागि आवश्यक सहयोग र पहल गरिदिन आग्रह गर्ने गरेको उनको भनाइ थियो।

यसअघि पनि कतारका राष्ट्रपति नेपाल भ्रमणमा आएका वेला उनीसँग नेपाल सरकारले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको स्मरण गर्दै मन्त्री डा। राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आफूले आग्रह गर्ने जानकारी दिइन्। इजरायलमा गत अक्टोबरमा हमास समूहद्वारा भएको आक्रमणपश्चात् उनीहरूकै नियन्त्रणमा रहेका विपिन जोशी हालसम्म पनि सम्पर्कविहीन छन्।

मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.