धनगढी, १३ साउन । कैलालीको गोदावरीबाट ७ बोरा अवैध चिनी बरामद गरिएको छ । आइतबार राती अस्थाई प्रहरी पोष्ट चौकीडाँडा कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – ३ मालाखेती चोकबाट ७ बोरा (३५० किलोग्राम) अवैध चिनी बरामद गरेको हो । उक्त चिनी आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाईएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
गोदावरीबाट ७ बोरा अवैध चिनी बरामद
गोदावरीबाट ७ बोरा अवैध चिनी बरामद
