धनगढी, १४ साउन । कञ्चनपुरमा करेन्ट लागेर दुई युवक घाइते भएका छन् । बेलौरी नगरपालिका–४ रिछामा विद्युतको पोलमा तार तान्ने क्रममा धनगढी उपमहानरपालिका–१० घुयाँघाटका २२ वर्षीय श्रवण राना र २१ वर्षीय सञ्जय राना घाइते भएका हुन् । घाइते दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुरमा करेन्ट लागेर दुई युवक घाइते
कञ्चनपुरमा करेन्ट लागेर दुई युवक घाइते