धनगढी,१३ साउन । कैलालीको धनगढीबाट लागुऔषधसहित २ युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ शिवगर चोकबाट धनगढी उपमहानगरपालिका–४ बस्ने २० वर्षीय दिपक थापामगर र टीकापुर नगरपालिका–४ का ३० वर्षीय आशिष चौधरी पक्राउ परेका हुन्। उनीहरुको साथबाट १९० मिलिग्राम लागुऔषधसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढीबाट लागु औषध सहित २ जना पक्राउ
धनगढीबाट लागु औषध सहित २ जना पक्राउ