धनगढी, १२ साउन / धनगढी ५ हसनपुरमा रहेको शितल एकेडेमीका सञ्चालक कुबेर निशानीले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन वितरण गरेका छन्। जन्मदिनको अवसर पारेर आश्रममा भएका सम्पुर्णलाई भोजन गराएको निशानीले बताए।
एकेडेमीका सञ्चालक निशानी लामो समयदेखि अंग्रेजी भाषा अध्यापन गराउदै आउनु भएको छ। पछिल्लो समयमा अध्यापन सँगसँगै समाजिक सेवाका कार्यहरूमा पनि अग्रसरता लिइ राख्नु भएको छ।