काठमाडौँ– ललितपुरका १६ वर्षीय बालकमा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) बस्ने बालकमा हैजा पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा उनमा हैजा पुष्टि डा. बसौलाले बताए । सोही ठाउँबाट आएका अर्का एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी रहेको र उनी आइसियुमा उपचाररत रहेको बताइएको छ ।
हैजा फैलन नदिन हैजा भेटिएको पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
