धनगढी, साउन ६ । डडेल्धुरामा वर्षाले एक घर भत्किएको छ । अविरल वर्षाका कारण आइतबार बिहान जवदुर्गा गाउँपालिका–५ टाकस्थित हरमति देवि विकको दुई तले चार कोठे घर भत्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सो घटनामा मानवीय र चौपाया क्षति भने भएको छैन । घरभित्रका सामान तथा खाद्यान्नमा क्षति पुगेको प्रहरीले बताएको छ ।
डडेल्धुरामा वर्षाले एक घर भत्कियो
डडेल्धुरामा वर्षाले एक घर भत्कियो
