धनगढी,६ साउन । बैतडीमा घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला पहिरोमा परेर एक महिला घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका–३ गौडालीकी ५२ वर्षीया जानकी अवस्थी घाइते भएकी हुन् ।
उनलाई शनिबार पहिरो खसेर टाउकोमा ढुङ्गा लागेको थियो । गम्भीर घाइते भएकी अवस्थीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।