धनगढी, ५ असार । धनगढीमा यस वर्ष पनि जेसीज सप्ताह मनाइने भएको छ । धनगढी जेसीजले ६ गते देखि १२ गतेसम्म सप्ताहव्यापी जेसीज सप्ताहमा विभिन्न कार्यक्रम गर्ने आयोजना जनाएको छ । धनगढी जेसीजले प्रत्येक वर्ष ‘समुदायमा जेसीज’ भन्ने मुल नाराका साथ सप्ताहव्यापी जेसीज सप्ताह कार्यक्रम गर्दै आएको छ । सक्षम र असल नेतृत्व विकासका लागी देश भरिनै भोली देखि जेसीज सप्ताह हुने अध्यक्ष अरुण सिंहले बताए ।
धनगढीमा रगत अभाव भएका कारण यसलाई मध्ये नजर रक्तदान कार्यक्रम,क्षमता अभिवृद्धिको लागी वक्तृत्व कला प्रतियोगिता लगायतका कार्यक्रम गर्न लागेको उनले बताए । यही साउन ६ गते देखि असार १२ गते सम्म आयोजना हुने यस सप्ताहमा विभिन्न फुटसल प्रतियोगिता,बिरुवा वितरण कार्यक्रम,रक्तदान कार्यक्रम, वक्तृत्व कला प्रतियोगिता, स्वास्थ्य शिविर ,विषयवस्तु सेमिनार लगायतका कार्यक्रमहरू हुनेछन् ।

