• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बैतडीमा खानेपानीको समस्या

धनगढी,३ साउन । बैतडीमा खानेपानीको समस्या भएको छ । जिल्लाको मेलौली नगरपालिकाको काँडा बजारमा बाह्रैमास खानेपानीको समस्या हुने गरेको छ । बर्खायाममा समेत खानेपानीको जोहो गर्न निकै मुस्किल हुने गरेको काँडा बजारका स्थानीय बासिन्दाहरुले बताएका छन् । साउने झरीमा समेत खानेपानीका लागि पालो कुनुपर्ने बाध्यता रहेको स्थानीयहरुले बताएका छन् । खानेपानी नहुँदा मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला आयुर्वेद औषधालय, मणिलेक नमूना मावि र मणिलेक बहुमुखी क्याम्पस लगायतमा समेत समस्या रहेको छ ।

पानीको अभावमा मणिलेक माविमा शौचालय सञ्चालनमा समस्या आएको विद्यालयका प्रधानाध्याप देवदत्त कलौनीले बताए । करीब ९ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा पानीको अभावमा शौचालयहरु बन्द गर्नुपर्ने अवस्था रही आएको उनले बताए । पुरानो ग्वाल्लेक मणिलेक खानेपानी योजनाबाट आएको पानी पार्याप्त नहुँदा अन्यत्रबाट पानीको जोहो गर्नुपर्ने बाध्यता रही आएको प्रधानाध्यापक कलौनीले बताए । उनले भने ‘हामीले आकाशे पानी संकलन पनि गर्ने गरेका छौं । तर पनि पार्याप्त हुन सकेको छैन् । बर्षौंदेखि विद्यालयले खानेपानीको समस्या झेलीरहेको छ ।’

उच्च शिक्षा अध्ययनका लागि मणिलेक बहुमुखी क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुलाई समेत खानेपानीकै चिन्ताले सताउने गरेको उपप्राध्यापक भीमसिंह धामीले बताए । बजारमा डेरा गरेर बस्ने उनीहरुलाई खानेपानीकै जोहो गर्न मुस्किल भएको उनले बताए । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा बाह्रैमास पानीकै अभाव झेल्नुपर्ने अवस्था रही आएको जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । स्वास्थ्यको मापदण्ड अनुसार पार्याप्त पानी नहुँदा सेवा सञ्चालनमा समस्या हुने गरेको उनले बताए ।

मेलौली नगरपालिकाको प्रमुख बजारको रुपमा रहेको काँडा बजार पछिल्लो समयमा विस्तार हुँदै गएको छ । जनसंख्या बढ्दै गएको र पानीको अभाव चुलिँदै गएको स्थानीय व्यापारीहरुले बताएका छन् ।
१४ किलोमिटर टाढा रहेको ग्वाल्लेक मूहानबाट मेलौलीको काँडा बजारमा खानेपानी पुर्याइएको छ । पुरानो तथा जीर्ण योजना भएका कारण पानीको आपूर्ती हरेक बर्ष कम हुँदै गएको छ । बर्षातको समयमा समेत काँडा बजारमा खानेपानीको हाहाकार रहेको स्थानीय व्यापारी श्रवणसिंह ठगुन्नाले बताए ।

मेलौलीमा सरकारका मन्त्री, सांसदहरु पुग्दा स्थानीयहरुले खानेपानीकै समस्या राख्ने गरेका छन् । तर अहिले सम्म समस्या समाधान नभएको स्थानीय भोजराज भट्टले बताए ।
मेलौलीको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक बर्षमा संघीय सरकारले दुई करोड बजेट विनियोजन गरेको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए । आफूहरुले अल्पकालीन र दीर्घकालिन रुपमा खानेपानीको समस्या समाधानका लागि प्रयास गरिरहेको उनले बताए ।

बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.