धनगढी,३ साउन । कैलालीमा सर्पले डस्दा २ महिला घाइते भएका छन् । जोशीपुर गाउँपालिका र लम्कीचुहा नगरपालिकामा सर्पले डस्दा २ महिला घाइते भएका हुन । जोशीपुर गाउँपालिका–५ की ४० वर्षीया धन्सरा नेपाली सर्पले डसेर घाइते भएकी छिन । घरनजिकै सर्पले डसेर घाइते भएकी नेपालीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।
लम्कीचुहा नगरपालिका–५ की ४१ वर्षीया अमृता आलेमगर पनि सर्पले डसेर घाइते भएकी छिन । मंगलवार राति सुतेको बेला सर्पले डसेर घाइते भएकी आलेमगरलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
